मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा: ३५ दिनभित्र निवेदन दिन अन्तिम आह्वान

सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन अन्तिम आवेदन आह्वान गरेको छ। साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने म्याद तोकिएको छ। समयमा निवेदन नदिए आगामी प्रक्रियामा समावेश हुन कठिन हुने भएकाले अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
भूमिहीन सुकुम्बासी आवेदन
Share:
१९०

सरकारले ६६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ।

भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि विवरण संकलन गर्न साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने व्यवस्था छ।

लाभग्राहीहरूले समितिको सचिवालयले निर्धारण गरेको ढाँचामा फाराम भरी सम्बन्धित स्थानीय तहमा वा वडामा खटिएका लगत संकलकमार्फत निवेदन बुझाउन सक्नेछन्। विस्तृत सूचना सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक गरिसकेका छन्।

समितिले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आग्रह गरेको छ। समयमै आवेदन नदिएमा आगामी प्रक्रियामा समावेश हुन कठिन हुने भएकाले यो अन्तिम अवसरको सदुपयोग गर्न समितिले अनुरोध गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार