NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इलाममा भूमिहीन दलित र सुकुमवासीलाई ३७८ जग्गाधनी प्रमाणपत्र वितरण

इलाममा भूमि समस्या समाधान आयोग जिल्ला समितिले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। यसबाट रु १ करोड ८६ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 May 2026, 10:37 am १ मिनेट पढाइ
आकार:
Share:

इलाममा भूमि समस्या समाधान आयोग जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।

जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार, हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भइसकेको छ। यी परिवारलाई कुल ५९३ कित्ताको जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो। आयोगले यस प्रमाणपत्र वितरण तथा दर्ता प्रक्रियाबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व संकलन भएको जनाएको छ।

पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन संकलन गरिएको थियो। संकलित निवेदनमध्ये भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए। तीमध्ये हाल एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा रहेका छन्।

अधिकारीले थप ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार