NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इन्द्रसरोवरमा ईभी दुर्घटना: ब्रेक फेल हुँदा ९ भारतीयसहित ११ घाइते

मकवानपुरको इन्द्रसरोवरमा ईभीको ब्रेक फेल हुँदा ९ भारतीयसहित ११ जना घाइते भएका छन्। गएराति काठमाडौंबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटनामा परेको थियो। तीन जना गम्भीर घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
12 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

मकवानपुरको इन्द्रसरोवरमा ईभीको ब्रेक फेल हुँदा ९ भारतीयसहित ११ जना घाइते भएका छन्। गएराति काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, इन्द्रसरोवर–२ लामबगरमा गाडीको ब्रेक फेल भई सडकको दाहिने भित्तामा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार