मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिँचाइ प्रमुख र अधिकृतविरुद्ध ७.५ लाख घुस लिएको मुद्दा विशेष अदालतमा

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध ७ लाख ५० हजार घुस लिएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियारले उनीहरूलाई १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यका लागि कागजमा मात्र उपभोक्ता समिति गठन गरी भुक्तानी दिएबापत घुस लिएको पुष्टि गरेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
घुस मुद्दा सर्लाही
Share:
१५७

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरूलाई कागजमा मात्र गठन गरी भुक्तानी दिएबापत सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले दुवै जनालाई ७,५०,००० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई मुद्दा दायर गरिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार