राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल लामिछानेले जनकपुरको शिवचोकस्थित नरेश शाहको घरमा छठ पर्वको खरना विधि मनाएका छन्। छठ पर्वको दोस्रो दिन मनाइने खरना व्रतमा उनीहरू सहभागी भएका हुन्।
लामिछाने दम्पती छठ पर्व हेर्न र यसको रीति संस्कृति तथा विधिअनुसार पर्व बस्ने उद्देश्यले शनिबार जनकपुर पुगेका थिए। उनीहरूको जनकपुर आगमनले छठ पर्वको सुरक्षा व्यवस्था कडा पारिएको थियो। यसअघि उनीहरूको आगमनसँगै जनकपुरधाममा छठ सुरक्षा कडा पारिएको र गंगासागर घाटमा विशेष नियम लागू गरिएको विषयमा एनएमखबरले समाचार प्रकाशित गरेको थियो।
खरना विधिमा व्रतालुहरूले दिनभर उपवास बसी साँझपख सखरको खीर, रोटी र केराको प्रसाद ग्रहण गर्छन्। त्यसपछि उनीहरूले भोलिपल्ट बिहानसम्म पानीसमेत नपिई निराहार व्रत बस्छन्।
