मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध, वीरगन्जमा महाधिवेशन

डा. सीके राउत जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको महाधिवेशन आगामी असोज ९ र १० गते वीरगन्जमा आयोजना हुनेछ। अध्यक्ष पदमा निर्विरोध भए पनि उपाध्यक्ष, महासचिव, सचिव र कार्यकारिणी सदस्य पदहरूमा भने निर्वाचन हुनेछ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
जनमत पार्टी महाधिवेशन
Share:
९६

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा डा. सीके राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। वीरगन्जमा भएको मनोनयन प्रक्रियामा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

पार्टीको महाधिवेशन असोज ९ र १० गते वीरगन्जमा आयोजना हुँदैछ। अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदहरूमा निर्वाचन हुनेछ।

सात उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षका उम्मेदवारहरूमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल (सिरहा), डा. जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), माधवप्रसाद सिंह (पर्सा), राजकुमार यादव त्यागी (सिरहा), डा. कमरुल्लाह अंसारी (बारा), सञ्जयकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोसन खातुन (बारा), हरपाल सिंह सोडी (बाँके) र मनोहरी देवी वैठा (सर्लाही) छन्।

महासचिव पदका लागि ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा) बीच प्रतिस्पर्धा हुनेछ। उपमहासचिव पदमा निर्मलकुमार मण्डल (सिरहा) र ललितचन्द्र मल्लिक (रौतहट) ले उम्मेदवारी दिएका छन्।

सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। सचिवका उम्मेदवारहरूमा सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेसी (सप्तरी), हरेन्द्र चौधरी (रौतहट), अञ्जनीदेवी (महोत्तरी), रोहित महतो (सिरहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाँके), बालगोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ‘जीवन त्यागी’ (महोत्तरी) र रामबाबु साह (बारा) छन्।

कार्यकारिणी सदस्य पदमा विभिन्न जिल्लाबाट ठूलो संख्यामा उम्मेदवारी परेको छ। सप्तरी, रौतहट, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, काठमाडौं, बर्दिया, सुनसरी, झापा, सर्लाही र बाँकेलगायत जिल्लाबाट उम्मेदवारी दर्ता भएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार