मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सम्पत्ति शुद्धीकरण विभागको जयवीर देउवालाई ७ दिने पुर्जी

सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी काटेको छ। विभागले मंगलबार सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ७१ बमोजिम बयानका लागि बोलाएको हो। यसअघि उनका बुबा शेरबहादुर र आमा आरजु राणा देउवालाई पनि बोलाइएको थियो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
जयवीर देउवा सम्पत्ति शुद्धीकरण
Share:
२४०

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले सात दिनभित्र उपस्थित हुन पुर्जी काटेको छ। विभागले मंगलबार सूचना जारी गर्दै जयवीरलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम पुल्चोकस्थित केन्द्रीय कार्यालयमा बोलाएको हो। अनुसन्धानका लागि बयान आवश्यक रहेको पुर्जीमा उल्लेख छ।

विभागले यसअघि जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि बोलाएको थियो। देउवा दम्पतीले साउन मसान्तसम्म उपस्थित हुने जानकारी विभागलाई गराएका छन्। जयवीरको बुढानीलकण्ठस्थित घरमा पुर्जी टाँस गरिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार