प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान राजपत्रमा प्रकाशित गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद् सदस्य र महान्यायाधिवक्ताको तलब ९३ हजार ५४७ रुपैयाँ कायम भएको छ। उच्च अदालतका मुख्य न्यायाधीशले ९० हजार ६४० रुपैयाँ र न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ पाउनेछन्। जिल्ला न्यायाधीशको तलब ७७ हजार ११० रुपैयाँ तोकिएको छ।
संवैधानिक निकायका प्रमुखहरूको तलब सर्वोच्चका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ छ। अन्य संवैधानिक पदाधिकारीले मासिक ८५ हजार ४२६ रुपैयाँ पाउनेछन्। संघीय संसदका महासचिवको तलब ८४ हजार ९३२ रुपैयाँ र सचिवको तलब ७९ हजार २९० रुपैयाँ पुगेको छ।
