मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार, न्यायाधीशको ९३ हजार

सरकारले न्यायपालिका, संवैधानिक निकाय र संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ताको तलब ९३ हजार ५४७ रुपैयाँ र जिल्ला न्यायाधीशको ७७ हजार ११० रुपैयाँ कायम भएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
न्यायाधीश तलब वृद्धि
Share:
१६९

प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान राजपत्रमा प्रकाशित गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद् सदस्य र महान्यायाधिवक्ताको तलब ९३ हजार ५४७ रुपैयाँ कायम भएको छ। उच्च अदालतका मुख्य न्यायाधीशले ९० हजार ६४० रुपैयाँ र न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ पाउनेछन्। जिल्ला न्यायाधीशको तलब ७७ हजार ११० रुपैयाँ तोकिएको छ।

संवैधानिक निकायका प्रमुखहरूको तलब सर्वोच्चका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ छ। अन्य संवैधानिक पदाधिकारीले मासिक ८५ हजार ४२६ रुपैयाँ पाउनेछन्। संघीय संसदका महासचिवको तलब ८४ हजार ९३२ रुपैयाँ र सचिवको तलब ७९ हजार २९० रुपैयाँ पुगेको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार