मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कालिकोटमा एचआईभी सङ्क्रमित ७५ पुगे, नरहरिनाथ गाउँपालिका उच्च जोखिममा

कालिकोटमा एचआईभी सङ्क्रमितको कूल सङ्ख्या ७५ पुगेको छ। नरहरिनाथ गाउँपालिकामा सबैभन्दा बढी ३२ जना सङ्क्रमित छन्। जिल्ला स्वास्थ्य कार्यालयले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण र सुरक्षित यौन व्यवहारमा जोड दिएको छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
कालिकोट एचआईभी सङ्क्रमित
Share:
२०९

कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले समुदायस्तरमै थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार जिल्लामा हालसम्म ७५ जना एचआईभी सङ्क्रमित दर्ता भएका छन्। यसमध्ये १८ जना अन्य जिल्लाबाट बसाइ सरेर आएका हुन्।

सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकामा रहेका छन्। फोकल पर्सन शाहीका अनुसार नरहरिनाथमा ३२ जना सङ्क्रमित छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका छन्।

खाँडाचक्रमा १०, तिलागुफामा तीन, रास्कोट नगरपालिकामा दुई, शुभकालिका दुई, सान्नीत्रिवेणमा चार, पचालझरनामा एक र पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको जनाइएको छ।

जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराइँदै आएको छ। समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका खेलेको छ।

कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै जानुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार