काठमाडौँको कीर्तिपुर होल्डिङ सेन्टरका बासिन्दा खानाको व्यवस्था नभएपछि आन्दोलित भएका छन्। राज्यले खान पाउने अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्।
होल्डिङ सेन्टरमा आश्रय लिएका परिवारमा खाद्यान्न संकट चुलिएको छ। छाक टार्ने उपाय नभएपछि उनीहरू मागसहित आन्दोलनमा उत्रिएका छन्।
खानाकै अभावले बालबालिकाको शिक्षामा गम्भीर असर परेको छ। भोकभोकै बस्नुपर्ने अवस्थाले विद्यालय जाने उमेरका बालबालिका विद्यालय जानबाट रोकिएका छन्।
सुकुमबासी बस्तीका नागरिकले सम्बन्धित निकायले समस्या बेवास्ता गरेको आरोप लगाएका छन्। होल्डिङ सेन्टरमा उचित व्यवस्थापन र राहत नहुँदा बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी मर्कामा परेका छन्।
