मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी प्रदेशसभाद्वारा दलित अधिकार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

कोशी प्रदेशसभाले 'दलित अधिकारसम्बन्धी विधेयक' लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ। प्रदेशसभा सदस्यहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। बैठकमा बाढी पहिरो र अन्य समसामयिक विषयमा समेत छलफल भएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
दलित अधिकार विधेयक
Share:
११८

कोशी प्रदेशसभाले ‘कोशी प्रदेश दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ। प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भयो।

विधेयकमा प्रदेशसभा सदस्य अमृत अर्याल र शोभा चेम्जोङले संशोधन प्रस्ताव दर्ता गराएका छन्। यससँगै विधेयक विषयगत समितिमा पठाइएको हो।

बैठकमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक र भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिए।

विशेष समयमा नेकपा (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशी नदीको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। उनले यस्ता घटनाबाट पाठ सिक्दै सरकारले समयमै ध्यान पुर्‍याउनुपर्ने र ग्रीन आर्मी नेपाल संस्था खारेज गर्नुपर्ने माग गरे।

शून्य समयमा प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती, यशोदा कायस्त, मीना श्रेष्ठ, शिला दीक्षित कार्की, नम्वरलाल धिमाल, गीतादेवी रेग्मी, गयानन्द मण्डल र तारादेवी ढकालले समसामयिक विषयमा बोले।

प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार