मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कोशी प्रदेशसभाको गतिरोध अन्त्य, बजेटका सिद्धान्त र प्राथमिकता पेस

कोशी प्रदेशसभामा करिब दुई सातादेखि जारी अवरोध दलहरूबीचको सहमतिपछि अन्त्य भएको छ। सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा सच्याउने सहमतिपछि बजेटका सिद्धान्त र प्राथमिकता पेस भएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९१

कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबीचको सहमतिपछि अन्त्य भएको छ। प्रदेशसभा बैठक बस्नुअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो।

सभामुखले प्रदेश सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भनी गरेको घोषणा सच्याउने र उक्त सहमति प्रदेशसभा बैठकमा वाचन गर्ने समझदारीपछि गतिरोध हटेको हो। सोही सहमतिअनुसार सभामुख अम्बरबहादुर विष्टले बैठकमा पढेर सुनाएका थिए।

विपक्षी दल नेपाली कांग्रेसले आफूहरूको असहमति हुँदाहुँदै नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरिएको र यसमा संशोधनको समय नदिई हठात् पारित गरिएको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो।

विज्ञापन

यस गतिरोधका कारण प्रदेश सरकारले बजेट ल्याउनु १५ दिनअघि सदनमा पेस गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न सकेको थिएन। यो गतिरोध अन्त्य भएसँगै प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस भएको छ र यसमा छलफल चलिरहेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार