कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई प्रस्तावलाई सम्बन्धित समितिमा थप गृहकार्यका लागि पठाउने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार, कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ लाई स्वीकृतिका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाइएको छ।
यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत अतिरिक्त लगानीका कारण प्रभावित भौतिक संरचना, घरटहरा तथा अन्य सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरण निर्देशिका, २०८३ लाई स्वीकृत गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ। मन्त्री पराजुलीले यो जानकारी दिएका हुन्।
