NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेशमा ९५ हजार सवारीसाधन ट्राफिक कारबाहीमा, ९ करोड ४१ लाख राजस्व संकलन

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा ९५,०७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने सवारीसाधनबाट कूल रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व संकलन भएको छ। झापाबाट सबैभन्दा बढी रु २ करोड ३९ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
Kamala Devi
Kamala Devi
11 August 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
ट्राफिक कारबाही कोशी प्रदेश
Share:

कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्। नियम उल्लंघनबाट ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व संकलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले दिएको जानकारी अनुसार, झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ राजस्व संकलन भएको छ। मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन राजस्व संकलन भएको छ।

धनकुटाबाट रु ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३, पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व जम्मा भएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार