NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कृषि सामग्री कालोबजारी रोक्न मन्त्री चौधरीको निर्देशन

चितवनका किसानसँगको संवादमा कृषि मन्त्री गीता चौधरीले मल, बीउ, विषादीमा कालोबजारी वा कृत्रिम अभाव देखिए तत्काल हटलाइनमा खबर गर्न आग्रह गरिन्। दोषीलाई कारबाहीको चेतावनी दिँदै सरकारले किसानको हितमा शून्य सहनशीलता अपनाउने बताइन्।
Kamala Devi
Kamala Devi
11 July 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
कृषि कालोबजारी
Share:

चितवनका किसानलाई मल, बीउ र विषादीमा कालोबजारी वा कृत्रिम अभाव देखिए तत्काल मन्त्रालयको हटलाइनमा खबर गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आग्रह गरिन्। शनिबार चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमनपछि उनले यस्तो निर्देशन दिएकी हुन्।

मन्त्री चौधरीले मल, बीउ, विषादीजस्ता अत्यावश्यक कृषि सामग्री लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित मूल्य बढाउने गतिविधि सह्य नहुने स्पष्ट पारिन्। यस्ता उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने उनले बताइन्।

दोषी व्यक्ति वा व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरिन्। “किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा छ,” मन्त्री चौधरीले भनिन्।

अनुगमनका क्रममा मन्त्री चौधरीले रोपाइँको अवस्था, मल–बीउको उपलब्धता, विषादी आपूर्ति, उत्पादन लागत, सिँचाइ सुविधा र बजार व्यवस्थापनबारे स्थलगत जानकारी लिइन्।

किसानका गुनासा र सुझाव सुनेपछि उनले सम्बन्धित सरकारी अधिकारीलाई टेलिफोनमार्फत निर्देशन दिँदै समस्या तत्काल समाधान गर्न भनिन्।

उनले कृषि उत्पादन वृद्धि गर्न समयमै आवश्यक सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको दोहोर्याइन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार