मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

महोत्तरीमा बाढीपीडित ७३ परिवारलाई घर हस्तान्तरण

महोत्तरीको भङ्गहा नगरपालिकामा बाढीबाट विस्थापित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले घर निर्माण गरेको हो। रु एक करोडभन्दा बढीको लागतमा बनेका घरबाट ३७५ जना लाभान्वित भएका छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
बाढी पीडित घर हस्तान्तरण
Share:
२३२

भङ्गहा नगरपालिकाका बाढीपीडित ७३ परिवारले आज नयाँ घर पाएका छन्। गत असोजमा रातो खोलामा आएको बाढीले घरबारविहीन बनाएका दलित, गरीब र अतिविपन्न परिवारलाई एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत आवास निर्माण गरिएको हो।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले निर्माण सामग्री सहयोग गरी घर बनाइदिएको छ। भङ्गहा-४ स्थित थारुटोलमा आयोजित कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्सका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाजका प्रतिनिधि रामभजन महतोले घरको प्रमाणपत्र हस्तान्तरण गरे।

भङ्गहा-१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण भएका छन्। कुल रु एक करोड एक लाख ७१ हजार ५७४ को लागतमा बनेका यी घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएको परियोजनाले जनाएको छ।

नगरप्रमुख साहले बाढीपीडितलाई सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गरे। उनले पालिकाभित्र शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार र आयआर्जनजस्ता क्षेत्रमा संस्थाले पुर्‍याएको सहयोगको प्रशंसा गरे।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार