NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, दुई बेपत्ता

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। ८ वर्षीया रोसनी स्याङ्ताङको शव करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो। ११ र १२ वर्षीया दुई बालिका अझै बेपत्ता छन्।
Sanjay Karki
Sanjay Karki
18 August 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
मकवानपुर खोलाले बगायो
Share:

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार साँझ निर्मल माध्यमिक विद्यालयका चार विद्यार्थी घर फर्कने क्रममा खोला तर्ने प्रयास गर्दा बगेका थिए।

खोलाले बगाएको स्थानभन्दा करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा ८ वर्षीया रोसनी स्याङ्ताङको शव फेला परेको थियो। हेटौँडा अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। Nmkhabarलाई प्रहरी नायब उपरीक्षक माधव काफ्लेले यो पुष्टि गरे।

यस्तै, ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

१३ वर्षीया सीमा भोलन भने आफैँ खोलाबाट निस्कन सफल भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार