चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा राति खसेको सुक्खा पहिरोले मुग्लिन-काठमाडौँ सडक दुईतर्फी अवरुद्ध भएको छ।
रातको पहिरोले सवारी साधन बीच बाटोमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान लोडर र जेसीबी प्रयोग गरी पहिरो हटाउने काम सुरु भएको छ।
