मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। उनले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेश ल्याए पनि भट्टको पद त्यसमा परेको थिएन।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२२१

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाए। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले यो जानकारी दिएका हुन्। प्रवक्ता सुवेदीले भट्टको राजीनामा पुष्टि गरेका हुन्।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ल्याएको छ। यस मार्फत ठूलो सङ्ख्यामा राजनीतिक नियुक्ति खारेज गर्ने प्रक्रिया अघि बढेको छ।

सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरेको थियो। यद्यपि, भट्टले आफैँ राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन्।

भट्टलाई २०८० फागुन ६ गतेको मन्त्रीपरिषद्ले नियुक्त गरेको थियो। यसअघि उनी २०७० सालमा पनि कार्यकारी निर्देशक भएर काम गरिसकेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

थप समाचार