मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नेप्से १६.३८ अंकले बढ्यो, ४ अर्ब ४९ करोडको कारोबार

नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ अंकमा पुगेको छ। आज कूल ३३६ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर, ४ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ। आँखुखोला जलविद्युत् कम्पनीको शेयर कारोबार शीर्ष स्थानमा रहेको छ।
Sunita Rai
१ मिनेट पढाइ
आकार:
Share:

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १६.३८ अंकले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर चार सय ७१ दशमलव ८९ अङ्कमा उक्लिएको छ।

कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिदबिक्री भएका छन्। कारोबार भएकामध्ये दुई सय तीन कम्पनीको शेयर मूल्यमा सुधार आयो। ५७ कम्पनीको मूल्य भने ओरालो लाग्यो। आठ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन्। एनआइसी एशिया व्यालेन्स फण्ड, ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार