NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एनआईएमबी बैंकका कर्मचारी १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान

एनआईएमबी बैंकका कर्मचारी रिसभ कार्की १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान। उच्च अदालतले तोकेको ५० लाख धरौटी बुझाउन नसकेपछि जेल। मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत ग्राहकको रकम ठगी।
Arjun Basnet
Arjun Basnet
16 May 2026, 9:35 am १ मिनेट पढाइ
आकार:
एनआईएमबी बैंक ठगी
Share:

उच्च अदालत तुलसीपुर बुटवल इजलासले ५० लाख धरौटी तोकेपछि एनआईएमबी बैंकका कर्मचारी रिसभ कार्की १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान भएका छन्।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार कार्कीलाई ५० लाख रुपैयाँ धरौटी ताकेको थियो। धरौटी बुझाउन नसकेपछि उनलाई कारागार पठाइएको प्रहरी उपरिक्षक सन्तोष आचार्यले बताए।

बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र चन्द्रमणि ज्ञवालीले ५० लाख धरौटीको निर्णय गरेका थिए।

कार्कीले मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत ग्राहकको खाताबाट अलर्टविहीन १ करोड ६५ लाख रुपैयाँ आफ्नो खातामा सारेका थिए।

इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई चैत पहिलो साता पक्राउ गरेको थियो। ग्राहकको रकम अनधिकृत रूपमा हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका थिए।

डेढ महिना लामो अनुसन्धानपछि कार्कीलाई अदालत पेस गरियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार