NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पाँचथरमा बाढीपहिरो: दुई घर बगायो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

पाँचथरको याङ्वरकमा बाढीपहिरोले दुई घर र एक भान्सघर बगाएको छ। मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ। विभिन्न झोलुङ्गे पुल, मोटरएबल पुल, सिँचाइ, खानेपानी र विद्युत् सेवामा क्षति पुगेको छ।
Sanjay Karki
Sanjay Karki
23 May 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
Share:

पाँचथरको याङ्वरकमा बाढीपहिरोले दुई घर र एक भान्सघर बगाएको छ। महमललाल खवासको बस्ने घर र गोठ तथा कविराज राईको घर पहिरोले बगाएको हो। बलबहादुर खालिङको भान्सघर पनि पहिरोमा परेको छ।

मोबाइल नेटवर्क र विद्युत् अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीपहिरोले मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड अवरुद्ध पारेको छ। ठाउँठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्।

दोभानेमा डाइभर्सन र निर्माणाधीन पुल बगाएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात ठप्प भएको छ।

बाढीले च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल, च्याङथापु-एेकराते जोड्ने पुल र नाम्रेक-फलैचा जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। ओयाम बजार नजिकै पहिरो गएको छ।

पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरएबल पुल पनि बगाएको छ। सिँचाइ कुलो, खानेपानी र विद्युत् सेवामा क्षति पुगेको छ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार क्षतिको विवरण संकलन भइरहे पनि फोन सम्पर्कमा समस्या छ। बाढीले अलैँची खेती र खोलाको तटीय क्षेत्रमा रहेका खेतीबारीमा ठूलो क्षति पुर्‍याएको छ। कावेली र तमोर खोलामा बाढी आएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार