मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राहदानी छपाइ अनियमितता: थप दुई पक्राउ, कुल चार जना नियन्त्रणमा

राहदानी छपाइ अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल छन्। यस प्रकरणमा हालसम्म चार जना पक्राउ परिसकेका छन्।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
राहदानी छपाइ अनियमितता
Share:
१९४

राहदानी छपाइ अनियमिततामा अख्तियारले थप दुई जनालाई पक्राउ गरेपछि कुल चार जना नियन्त्रणमा पुगेका छन्।

स्रोतका अनुसार, राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य पक्राउ परेका छन्। जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल पनि नियन्त्रणमा छन्। अख्तियारले उनीहरुलाई मंगलबार राति नियन्त्रणमा लिएको थियो।

अख्तियारले गत सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो। निर्देशक सुनीलकुमार केसी पनि सोही दिन नियन्त्रणमा परेका थिए। विशेष अदालतले आचार्य र मल्ललाई तीन दिन हिरासतमा राख्न बुधबार अनुमति दिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार