NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामा आघात: कांग्रेस महामन्त्री पौडेल

कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता र स्वाभिमानमा चोट पुगेको बताएका छन्। उनले फौजदारी अभियोग र भ्रष्टाचारका मुद्दा खेपिरहेका सांसदहरु पदमै रहनु चिन्ताजनक भएको औंल्याए। सरकारले सुशासन र पारदर्शिता कायम नगरे जनविश्वास गुम्ने पौडेलको चेतावनी छ।
Arjun Basnet
Arjun Basnet
12 June 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्रीको अभिव्यक्ति
Share:

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको राष्ट्रियता र स्वाभिमानमा आघात पुगेको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

नेपाल औषधि थोक व्यवसायी संघको कार्यक्रममा बोल्दै पौडेलले नयाँ सरकार गठन हुँदा सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको बताए । तर, छोटो समयमै सरकारको कामकारबाहीमाथि प्रश्नचिह्न खडा भएको उनको भनाइ थियो ।

‘अत्यधिक विश्वास गरेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको शिर निहुरिएको छ । लज्जाबोध गर्नुपर्ने स्थिति छ । राष्ट्रियता र स्वाभिमानको मामिलामा देश रक्षात्मक बनेको छ,’ पौडेलले भने ।

उनले फौजदारी अभियोग र भ्रष्टाचारका मुद्दा खेपिरहेका व्यक्तिहरू सांसद पदमै कायम रहनु चिन्ताजनक भएको औंल्याए । यस्ता आरोपमा स्वतन्त्र छानबिन हुनुपर्नेमा आफैं समिति बनाएर प्रतिवेदन लुकाउने प्रवृत्तिले सुशासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।

सरकारले पारदर्शिता, जवाफदेहिता र सुशासनको मार्गमा अघि बढ्न नसके जनविश्वास थप कमजोर हुने चेतावनीसमेत पौडेलले दिए ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार