मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटमा बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाउने राजेन्द्र माझी पक्राउ

रौतहटको कटहरीयामा ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाइयो। प्रहरीले घटनामा संलग्न राजेन्द्र माझीलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
२०३

रौतहटको कटहरीयामा ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने राजेन्द्र माझी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले कटहरीया नगरपालिका–९ डुमरिया टोलकी ती महिलामाथि ‘आफन्तलाई बिरामी बनाएको’ आरोपमा गालीगलौज, लछारपछार र कुटपिट भएको जनायो। पीडितलाई जबरजस्ती मलमुत्र खुवाइएको प्रहरीले पुष्टि गर्‍यो।

अमानवीय घटनामा संलग्न भई फरार रहेका माझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले बताए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार