मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

रेडक्रसले भ्रष्टाचार र बेथितिबारे उजुरी आह्वान गर्‍यो, भदौ ३ सम्म म्याद

नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिका बारेमा उजुरी दिन खुला आह्वान गरेको छ। उजुरीका लागि भदौ ३ गतेसम्मको म्याद दिइएको छ, जुन यसअघिको म्याद सकिएपछि थप गरिएको हो। गोप्य राख्न चाहेमा पहिचान सुरक्षित गरिने र प्राप्त उजुरी निष्पक्ष छानबिन गरिने रेडक्रसले जनाएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
रेडक्रस भ्रष्टाचार उजुरी
Share:
१९०

नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी दिन खुला आह्वान गरेको छ। सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको पाइएमा उजुरी गर्न सबैमा आग्रह गरेको हो।

उजुरीका लागि आगामी भदौ ३ गतेसम्म म्याद दिइएको छ। यसअघिको ३५ दिने म्याद सकिएपछि पुनः २० दिन थप गरिएको हो।

उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा भएका अनियमितता छानबिन गरी पारदर्शी र सुशासन सुनिश्चित गर्ने उद्देश्यले यो आह्वान गरिएको बताए। उनले रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने लक्ष्यका साथ यो निर्णय लिइएको उल्लेख गरे।

तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल ([email protected]), निःशुल्क हटलाइन नं ११३० तथा ह्वाट्सएप नं ९७४१६९५०९७ मा उजुरी पठाउन सकिने व्यवस्था मिलाइएको छ। संयोजक घिमिरेले उजुरीकर्ताको पहिचान गोप्य राख्न चाहेमा गोपनीयता संरक्षण गरिने प्रस्ट पारे। प्राप्त सूचना तथा उजुरी निष्पक्ष, स्वतन्त्र र गोपनीय ढङ्गले व्यवस्थापन गरिने उनले बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार