मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तकोशीमा खतराको संकेत: रातो बत्ती बालिएपछि तटीय बासिन्दालाई सचेत

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ ६ बजे बहाव १ लाख ८४ हजार ७८५ क्युसेक पुगेको छ, २१ ढोका खोलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आह्वान गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सप्तकोशी बाढी खतरा
Share:
१३६

सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ ६ बजेको मापन अनुसार बहाव एक लाख ८४ हजार ७८५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ ढोकामध्ये २१ वटा खोलिएको छ। पानीको बहाव थप बढेमा भारतीय पक्षसँग समन्वय गरेर थप ढोका खोलिने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कटेपछि सर्वसाधारणलाई सचेत गर्न पश्चिमतर्फ रातो बत्ती बालिन्छ। दुई लाख क्युसेक कटेमा पूर्वतर्फ र तीन लाख क्युसेक कटेमा मध्य भागमा रातो बत्ती बालिने व्यवस्था छ।

भदौ १० गते रसुवाको टिमुरे नाकाबाट भोटेकोसी हुँदै आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। सोही कारण कोशीमा पनि खतरा हुन सक्ने भन्दै बराहक्षेत्र नगरपालिका सूचना शाखाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ।

प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै माछा मार्न र दाउरा संकलन गर्नसमेत रोक लगाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार