मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिरहामा भारततर्फ तस्करी हुन लागेको ४० लाखको सामानसहित ट्रक नियन्त्रणमा

सिरहाको नवराजपुरमा करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा परेको छ। सशस्त्र प्रहरीले भारततर्फ तस्करी हुन लागेको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीजस्ता सामान बरामद गरेको हो। ट्रक चालकसहित नवराजपुरका आनन्द यादव र राजेश यादव पक्राउ परेका छन्।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
Share:
१९५

सिरहाको नवराजपुर गाउँपालिकास्थित सीमावर्ती नाकाबाट करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा परेको छ। सशस्त्र प्रहरीले भारततर्फ तस्करी हुन लागेको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीजस्ता सामान बरामद गरेको हो।

प्रहरीले ट्रक चालकसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

शनिबार मध्यराति स १ ख ५३५ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। गाडीको बत्ती बन्द गरी खेतै-खेत भारततर्फ जाँदै गर्दा उक्त ट्रक पक्राउ परेको हो।

पक्राउ पर्नेमा नवराजपुरका आनन्द यादव र राजेश यादव रहेको सशस्त्र प्रहरी गण सिरहाले जानकारी दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार