NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिम प्रदेशको इतिहासकै ठूलो बजेट: ३७ अर्ब ७० करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। यो प्रदेशको इतिहासमा प्रस्तुत गरिएको सबैभन्दा ठूलो बजेट हो। बजेट पेस गर्ने प्रक्रियामा सत्ता पक्षभित्रै योजना र बजेट बाँडफाँडमा असहमति देखिएको थियो भने प्रतिपक्षले बैठक बहिष्कार गरेको थियो।
Kamala Devi
Kamala Devi
17 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
Share:

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि इतिहासकै सबैभन्दा ठूलो ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमबहादुर सिंह धामीले प्रदेशसभामा मध्यराति बजेट पेस गरेका हुन्।

यो बजेट प्रदेशको इतिहासमा अहिलेसम्मकै ठूलो हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३३ अर्ब ४५ करोड रुपैयाँको बजेट ल्याएको थियो।

चालु आर्थिक वर्षको बचत, आन्तरिक राजस्वमा वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीका आधारमा बजेटको आकार बढाइएको बताइएको छ।

आइतबार साँझका लागि निर्धारित प्रदेशसभा बैठक सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रदेशसभा सदस्यहरूले सिफारिस गरेका योजना, निर्वाचन क्षेत्रस्तरीय योजना र मन्त्रालयगत बजेट व्यवस्थापनमा असहमति जनाएपछि मध्यरातिसम्म स्थगित भएको थियो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मध्यरातिमा बजेट पेस गरेको भन्दै बैठक बहिष्कार गरेको थियो।

आर्थिक वर्ष २०७४/७५ मा प्रदेश सरकारले आफ्नो पहिलो बजेटका रूपमा १ अर्ब २ करोड रुपैयाँको आंशिक बजेट ल्याएको थियो। त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब ६ करोड, २०७६/७७ मा २९ अर्ब २३ करोड, २०७७/७८ मा ३४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरियो।

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ३१ अर्ब १७ करोड, २०७९/८० मा ३६ अर्ब ३३ करोड, र २०८०/८१ मा २९ अर्ब २६ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ को बजेट ३१ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार