मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या: एक पुरुष पक्राउ

तेह्रथुमको आठराई गाउँपालिकामा ५१ वर्षीया रूपा लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको छ। प्रहरीले अभियोगमा ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई पक्राउ गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
तेह्रथुम हत्या
Share:
१५९

तेह्रथुमको आठराई गाउँपालिकामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। प्रहरीले घटनामा संलग्न अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ।

आठराई गाउँपालिका-६ सिमखर्ककी ५१ वर्षीया रूपा लिम्बूको हत्या अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बू पक्राउ परेका हुन्। बुधबार राति घटना भएको थियो।

कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरी फरार भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आठराई गाउँपालिका-५ सुम्लिबुङबाट नियन्त्रणमा लिएको हो।

विज्ञापन

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार