NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तराईमा ‘लू’ को जोखिम: स्वास्थ्य मन्त्रालयको सतर्कता आग्रह

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा तापलहर (लू) को जोखिम बढेको छ। तराई क्षेत्रमा यो जोखिम विशेषगरी बढी हुने देखिएको छ। स्वास्थ्य मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
Kamala Devi
Kamala Devi
4 June 2026, 1:18 pm १ मिनेट पढाइ
आकार:
तराईमा लूको जोखिम
Share:

तराईमा बढ्दो ‘लू’ को जोखिम: स्वास्थ्य मन्त्रालयको सतर्कता आग्रह

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको छ। यसबाट तराई क्षेत्र विशेष प्रभावित हुने देखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताए।

उनले तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गर्दै यसबाट बच्ने उपायबारे जानकारी दिएका छन्। यसमा दिउँसोको समयमा बाहिर ननिस्कने, प्रशस्त पानी पिउने र हल्का लुगा लगाउने जस्ता उपायहरू समावेश छन्। बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई यो समयमा थप सचेत रहन उनको सुझाव छ।

सरकारले लूको जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने जनाएको छ। यसमा सम्भावित तापलहरको अवस्थाबारे नागरिकलाई समयमै जानकारी दिने र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्ने जस्ता कार्यहरू पर्नेछन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार