मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मुगुमा अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना पक्राउ

मुगुका विभिन्न पाटनमा अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले पक्राउको पुष्टि गरेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९९

मुगुमा अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना पक्राउ परेका छन्। मुगुका विभिन्न पाटन क्षेत्रबाट एक बालिकासहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले उनीहरूलाई अनुमतिबिना वन क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी कुनै सूचना प्रकाशित गरेको छैन। सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ। प्रहरी नायब उपरीक्षक थपलियाले भने, “अनुमतिबिना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।” बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता तथा खरिदकर्ताहरू मुगुका पाटन पुग्ने गरेका छन्। दुर्गमका जनताका लागि यार्सागुम्बा प्रमुख आर्थिक स्रोत हो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार