NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमालेमा ओलीमाथि राजीनामाको दबाब: पोखरेलको चेतावनी

नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्ने बताएका छन्। नेतृत्व परिवर्तनको माग उठिरहेका बेला उनले अध्यक्ष ओलीमाथि राजीनामाको दबाब बढेको संकेत गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा चार उपाध्यक्षले ओलीको राजीनामा मागेपछि बैठक आज पुनः बस्दैछ।
Arjun Basnet
Arjun Basnet
23 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्ने दाबी गरेका छन्। जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु पार्टीको अधोगति निम्त्याउनु हुने उनको तर्क छ।

पोखरेलको यो अभिव्यक्ति पार्टीको जारी सचिवालय बैठकमा नेतृत्व परिवर्तनलाई लिएर चर्काचर्की भइरहेकै बेला आएको हो। शुक्रबारको बैठकमा पार्टीका पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका छन्।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले एमालेलाई वर्तमान कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने भन्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।

यता अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान राख्दै उपाध्यक्षहरूलाई विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्। नेतृत्वको विषयलाई लिएर तीव्र विवाद भएपछि शुक्रबार स्थगित भएको सचिवालय बैठक शनिबार (आज) बिहान ११:३० बजे गुण्डुस्थित ओली निवासमा पुनः बस्दैछ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार