नेपाली बजारमा सुनको मूल्यमा आइतबार एकाएक ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आइतबारको यो मूल्य वृद्धिले सुनको भाउमा ठूलो उतारचढाव आएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमा सुन आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्याएको छ। यसको प्रत्यक्ष असर सुनको मूल्यमा देखिएको छ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ५ हजार ४० रुपैयाँ थियो।
