NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डडेल्धुरामा सशस्त्र प्रहरी जवानसहित दुई महाकालीमा बेपत्ता

डडेल्धुराको परशुराम नगरपालिका–५ मा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर महाकाली नदीमा बेपत्ता भएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन उनीहरूको खोजी कार्य सुरु गरिएको छ। नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको छ।
Sanjay Karki
Sanjay Karki
31 May 2026, 1:02 pm १ मिनेट पढाइ
आकार:
Share:

डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर महाकाली नदीमा बेपत्ता भएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन उनीहरूको खोजी सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत पुन मगर र थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दुवै जना मामाभान्जा नाता पर्ने Nmkhabarलाई पुष्टि गरे।

शुक्रबार (जेठ १५) देखि सम्पर्कमा नआएपछि खोजी थालिएको हो। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको छ। सोही आधारमा उनीहरू नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार