मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रवि लामिछाने भारत प्रस्थान, उच्चस्तरीय भेटघाट गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली प्रस्थान गरेका छन्। भाजपा नेता नीतिन नवीनको निमन्त्रणामा पत्नीसहित गएका लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी बिहीबार भारतीय जनता पार्टी (भाजपा)का नेता नीतिन नवीनको निमन्त्रणामा दिल्ली उडेका हुन्।

लामिछानेसँगै पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा तथा प्रदीप आचार्य पनि भ्रमण टोलीमा छन्। रास्वपाको नेतृत्वमा सरकार बनेपछि यो लामिछानेको पहिलो औपचारिक भारत भ्रमण हो।

दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार