संघीय संसद्को प्रतिनिधि सभाको १६औँ बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र वाचन गरिनेछ। त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछिन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि बजेटमाथिको सामान्य छलफल औपचारिक रूपमा अघि बढ्ने संसद् सचिवालयले जनाएको छ।
