NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख राजस्व संकलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २,०९३ जनाबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। मादकपदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका कारणले कारबाहीमा परेका छन्।
Sunita Rai
Sunita Rai
2 June 2026, 10:48 am १ मिनेट पढाइ
आकार:
ट्राफिक राजस्व संकलन
Share:

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २ हजार ९३ सवारी चालकबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ। यसबाट राज्यकोषमा उक्त रकम दाखिला भएको छ।

ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १४१ र तीव्र गतिमा सवारीसाधन चलाएका १०१ जना कारबाहीमा परेका छन्।

यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाउने १२९ जनालाई कारबाही गरिएको छ। अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ९८२ जनालाई पनि कारबाही गरिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार