मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

हर्क साम्पाङको पार्टीमा मेयर उम्मेदवारीलाई लिएर विवाद, पाँच नेताद्वारा राजीनामा

• धरान उपमहानगरपालिकाको मेयर उम्मेदवारीलाई लिएर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा विवाद। • केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मासहित पाँच जनाले पार्टी छोडेर राजीनामा दिए। • उम्मेदवार बनाउने आश्वासन दिएर धोका दिएको राजीनामा समूहको आरोप।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
धरान मेयर उम्मेदवारी विवाद
Share:
२१४

धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टीका केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मासहित पाँच जनाले सामूहिक राजीनामा दिएका छन्।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य गहतराज र प्रदेश सदस्य राखी मेवाहाङलाई पार्टीबाट निष्काशन गरेको जानकारी दिए। यसअघि गहतराजसहित पाँच नेताले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका थिए।

राजीनामा दिने समूहमा प्रदेश सदस्य विष्णुकुमारी राई, निनाचन्द्र राई, नरहरि राई र अटलसिंग राई छन्। उनीहरूले अध्यक्ष साम्पाङले धरानको मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याएको दाबी गरेका छन्। प्रतिबद्धताविपरीत अर्को व्यक्तिलाई उम्मेदवार घोषणा गरेको उनीहरूको आरोप छ।

गहतराज समूहले गत वैशाख १५ गते पार्टी प्रवेश गर्दा मेयर उम्मेदवारीबारे सहमति भएको जनाएको छ। धनबहादुर राईलाई उम्मेदवार घोषणा गरिएपछि असन्तुष्टि जनाउँदै पार्टी छोडेको उनीहरूको भनाइ छ। उनीहरूले आफूहरूलाई धोका दिइएको उल्लेख गरेका छन्।

गहतराजले सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेख्दै साम्पाङसँगको सम्बन्ध टुटेको संकेत गरेका छन्। उनले आफूहरूलाई ‘नदीका दुई किनारा’ भन्दै सहकार्य सम्भव नरहेको टिप्पणी गरेका छन्।

धरानको मेयर उम्मेदवारका रूपमा अघि सारिएका धनबहादुर राई २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर ४ का वडाध्यक्ष निर्वाचित भएका थिए। उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार