सशस्त्र प्रहरी बलले ७७५ विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। बजेटमार्फत विद्युतीय सवारीमा कर बढ्ने सूचना पहिले नै चुहिएको आशंकामा प्रहरीले यी गाडी नियन्त्रणमा लिएको हो।
भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेका गाडीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले जेठ १५ को बजेट र आर्थिक विधेयकमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करका दरहरू हेरफेर गर्ने निर्णय गरेको थियो।
गृह मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरहरू हेरफेर गर्ने तयारीबारे सूचना पहिले नै चुहिएकाले केही आयातकर्ताहरूले सोही सूचनाको आधारमा गाडीहरूको भन्सार प्रक्रिया पहिले नै सम्पन्न गराएको आशंका गरिएको छ। यसले सरकारी राजस्वमा समेत असर पर्न सक्ने देखिएको छ।
