मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तरी भेटेरिनरी भवन निर्माणमा भ्रष्टाचार: कार्यालय प्रमुखसहित ५ विरुद्ध मुद्दा

सप्तरीको भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको छ। तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। जनही १ करोड २६ लाखभन्दा बढी बिगो मागदाबी गरिएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
सप्तरी भेटेरिनरी भ्रष्टाचार
Share:
१८९

सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले केन्द्रका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोककुमार सिंह र सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंहलाई प्रतिवादी बनाएको छ।

यसैगरी, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्याकुमारी रजकविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

अख्तियारले प्रतिवादीहरूसँग जनही १ करोड २६ लाख ९६ हजार २३८ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार