मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुनको मूल्य ५ हजारले बढ्यो, चाँदी पनि महंगियो

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेर दुई लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि प्रतितोला १२० रुपैयाँको बढोत्तरी भएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
सुनको मूल्य वृद्धि
Share:
१८५

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ। आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर दुई लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १२० रुपैयाँको बढोत्तरी भएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार पाँच हजार १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार