मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

परराष्ट्रमन्त्री खनाल र चिनियाँ शीर्ष नेता वाङबीच बेइजिङमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङबीच बेइजिङमा भेटवार्ता भएको छ। भेटमा नेपाल-चीनबीचको विकास सहकार्य, व्यापार, लगानी, पर्यटन र राजनीतिक आदानप्रदानलगायत विषयमा छलफल भएको छ। मन्त्री खनाल आजै ‘ह्वाइट पागोडा’को भ्रमण गर्नेछन् र भोलि स्वदेश फर्कने कार्यक्रम छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री खनाल वाङ भेट
Share:
२१९

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच मंगलबार बिहान बेइजिङमा भेटवार्ता भएको छ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्बन्ध सुदृढ पार्ने विषयमा विचार विमर्श भएको दूतावासको भनाइ छ।

सिपिपिसिसी अध्यक्ष वाङले नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। मन्त्री खनालले दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुने विश्वास व्यक्त गरे।

मन्त्री खनालले आज ‘ह्वाइट पागोडा’को भ्रमण गर्नेछन्। त्यसपछि चिनियाँ सञ्चारमाध्यम तथा रोयटर्सलाई अन्तर्वार्ता दिने कार्यक्रम छ। अपराह्न उनले नेपाली दूतावास बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनेछन्।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए। उनीहरूबिच सोमबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

मन्त्री खनाल भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार