NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा जेठमा विपद्बाट १० करोडभन्दा बढीको क्षति, आगलागीले सर्वाधिक नोक्सानी

झापामा गत जेठ महिनामा विपद्जन्य घटनाबाट रु १० करोडभन्दा बढीको क्षति भएको छ। आगलागीका कारण सर्वाधिक रु छ करोड ३९ लाखभन्दा बढीको नोक्सानी भएको छ। हावाहुरीले रु चार करोडभन्दा बढीको क्षति पुर्‍याएको छ भने वन्यजन्तुको आक्रमणमा एकको मृत्यु भएको छ।
Kamala Devi
Kamala Devi
18 June 2026, 4:47 am १ मिनेट पढाइ
आकार:
झापा विपद् क्षति
Share:

झापामा गत जेठ महिनामा आगलागी, हावाहुरी र वन्यजन्तुको आक्रमणजस्ता विपद्जन्य घटनाबाट रु १० करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार आगलागीले मात्र रु छ करोड ३९ लाख ४० हजार बराबरको नोक्सानी पुर्‍याएको छ।

जेठमा जिल्लाभर १५ वटा आगलागीका घटना भएका थिए। ती आगलागीले नागरिकको घरगोठ र धनमाल नष्ट पारेका थिए।

सोही महिनामा आएको ठूलो हावाहुरीले जिल्लामा रु चार करोड सात लाख १६ हजार बराबरको क्षति गरेको छ।

यस अवधिमा जङ्गली जनावरको आक्रमणका आठ वटा घटना भएका छन्। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणबाट रु तीन लाख ७० हजार बराबरको क्षति पुगेको छ।

चट्याङबाट रु एक लाख ३६ हजार ५०० को भौतिक क्षति भएको छ। बाढीपहिरोमा मानवीय क्षति नभए पनि प्रहरीले सात जनाको उद्धार गरेको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार