रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ। नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा आयोगले छापा मारेको हो।
प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले अख्तियारले ठेक्कासम्बन्धी कागजपत्रको प्रतिलिपी लिएर गएको पुष्टि गरे।
वडा नम्बर–५ को बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खनन्को ठेक्का पाएको थियो।
अख्तियारले अनुमति पाएको स्थानभन्दा फरक ठाउँमा उत्खनन् र घाटगद्दी भएको पाइएपछि थप छानबिनका लागि कागजपत्र नियन्त्रणमा लिएको छ।
