NM Khabar 7 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सेवाग्राहीमाथि हातपात गर्ने यातायात प्रमुखको जिम्मेवारी खोसियो

• बारा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्यलाई सेवाग्राही कुटपिट गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको छ। • मन्त्रालयले उनलाई तानेर अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ। • घटनामा प्रहरी र कार्यालयका चौकीदारको समेत संलग्नता देखिएको छ।
Kamala Devi
Kamala Devi
7 July 2026, 4:40 pm १ मिनेट पढाइ
आकार:
यातायात प्रमुख जिम्मेवारी खोसियो
Share:

कार्यालयमा सेवाग्राहीमाथि हातपात गर्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ।

कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेको हो।

सोमबार नै मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए।

उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयमा अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। धनुषा प्रहरीमार्फत बारा प्रहरीले आचार्यलाई कार्यालयमा बोलाएर घटनाबारे सोधपुछ गरिरहेको छ।

गत फागुनको तेस्रो सातातिर आचार्यले आफ्नो कार्यकक्षमा सेवाग्राहीमाथि हातपात गरेका थिए। घटनामा कार्यालयका चौकीदारको पनि संलग्नता देखिएको अनुसन्धानमा खुलेको छ।

त्यसबेला ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुईजना प्रहरी पनि घटनास्थलमै उपस्थित थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार