प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे उद्योगी-व्यवसायीसँग छलफल गर्दैछन्। यो बैठक मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
छलफलका लागि चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई बोलाइएको छ। चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यो जानकारी दिएका हुन्।
उद्योगी व्यवसायीले सरकारले बजेट ल्याउनुअघि नै प्रधानमन्त्रीसँग छलफल गर्न चाहेका थिए।
