काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परे। यस कारबाहीबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व दाखिला भयो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६५ मादक पदार्थ सेवनकर्तालाई कारबाही गर्यो। नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२२ जना कारबाहीमा परे। सङ्केत बत्ती उल्लङ्घन गर्ने १२० जनालाई पनि कारबाही भयो। तीव्र गतिमा सवारी चलाउने ११४ जना पनि कारबाहीमा परे।
लेन अनुशासन पालना नगर्ने १४२ जना कारबाहीमा परे। निषेधित क्षेत्रमा हर्न बजाउने ७४ जनालाई पनि कारबाही भयो। सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३ र एकतर्फी सडकमा सवारी चलाउने ८९ जना पनि कारबाहीमा परे। अन्य सवारी नियम उल्लङ्घन गर्ने १,२३७ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
