NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मनसुनी वायुको प्रभाव: ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ। हिमाली र पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको अनुमान छ।
Sanjay Karki
Sanjay Karki
11 July 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:

देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि छ।

यसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा जारी छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा र तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

आज राति देशभर सामान्य बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार