वाणिज्य बैंकहरूको नाफामा १९.४५% वृद्धि, कुमारी बैंकको अग्रता
चालु आर्थिक वर्षको ११ महिनामा (जेठ मसान्तसम्म) वाणिज्य बैंकहरूको खुद नाफा १९.४५ प्रतिशतले बढेर ६४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ थियो।
निरन्तर घट्दो ब्याजदरले बैंकहरूको लागत कम हुँदा नाफामा सुधार देखिएको हो। जेठसम्म १४ बैंकले नाफा बढाउँदा ६ वटा बैंकको नाफा खुम्चिएको छ।
सबैभन्दा धेरै नाफा वृद्धि कुमारी बैंकको
सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा कुमारी बैंक अगाडि छ। यस बैंकको नाफा ११६८.४५ प्रतिशतले बढेको छ।
